मेयर जसपालाई दिएपछि जनकपुर कांग्रेसका नगर सभापतिसहितका नेताहरुले दिए सामूहिक राजीनामा

मेयर जसपालाई दिएपछि जनकपुर कांग्रेसका नगर सभापतिसहितका नेताहरुले दिए सामूहिक राजीनामा

नेपाली कांग्रेसका जनकपुरधाम नगरसभापति मनोज साहले राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।सत्ता गठबन्धन दलले महानगर तथा उपमहानगरको बाँडफाँड गर्दा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेपछि नगरसभापति, सचिव, कोषाध्यक्ष, वडासभापतिसहित सयौं कार्यकर्ताहरुले कांग्रेस परित्याग गरेका हुन् ।

नगरसभापति साहसँगै सचिवल लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहले राजीनामा दिएका हुन्। त्यस्तै मनोज साहले आफ्नो वडामा रहेका डेढ सय क्रियाशिल सदस्य, भातृसंगठनहरुबाट गरी अढाई सयभन्दा बढीले राजीनामा लेखिसकेको बताए ।

कांग्रेसले गठबन्धनमा जनकपुरधामलाई अरुलाई दिएर आफ्नै घरमा आफैले आगो लगाएको भन्दै उनले अब आफू स्वतन्त्र उम्मेदवार दिने बताए । उनले भने, 'नेपाली कांग्रेसको २५ वटै वडाका सदस्यहरुको भावना अनुरुप मैले राजीनामा दिन लागेको छु । तिनीहरुले छाप जुन भएपछि अनुहार कांग्रेसी नै हुनुपर्ने भन्दै भ्रष्टाचारीलाई मत दिन नसकिने बताएपछि मैले राजीनामा दिने निर्णयमा पुगेको छ ।’

साहले उम्मेदवारी दर्ताको समयसम्म पनि कांग्रेस सचिए आफू फर्कने बताए। गृहमन्त्रीले माथिबाट कारबाही गर्ने धम्की दिइरहेकाले आफैले राजीनामा दिएर स्वतन्त्र भएको उनले बताए।