अधिकतम रुपान्तरणका लागि ई–कमर्स र खुद्रा विक्रेताहरूका लागि शीर्ष ५ डिजिटल सोचहरू

अधिकतम रुपान्तरणका लागि ई–कमर्स र खुद्रा विक्रेताहरूका लागि शीर्ष ५ डिजिटल सोचहरू

आजको अत्याधिक प्रतिस्पर्धी ई -कमर्स परिदृश्यमा, खुद्रा विक्रेताहरूले ग्राहकहरूसँग संलग्न हुन, बिक्री बढाउन र प्रतिस्पर्धामा खरो उत्रिनको लागि प्रत्येक उपकरण प्रयोग गर्न आवश्यक छ । आउनुहोस्, तपाईं आफ्नो ई -कमर्स व्यवसायको लागि डिजिटल र प्रविधिको सम्भावनालाई कसरी अनलक गर्न सक्नुहुन्छ भन्ने अन्वेषण गरौं ।

१) आफ्ना ग्राहकहरूको मोबाइल उपकरणहरूमा पुग्नुहोस् ।

विश्वव्यापी जनसंख्याको दुई तिहाइ भन्दा बढीले २०२२ मा मोबाइल फोन प्रयोग गरे । यो भनेको २०२१ को तुलनामा ९५ मिलियनले बढेको हो । मोबाइलको प्रयोग बढ्दै गएपछि ब्राण्डहरूलाई आफ्ना ग्राहकहरूसँग मोबाइलमा संलग्न हुन आवश्यक छ । उदाहरणका लागि बहुसंख्यक मोबाइल फोनहरूमा स्थापित मेसेजिङ एपहरूले तपाईंलाई त्यसो गर्न अनुमति दिन्छ । तपाईंका मेसेजहरू देखिएका छन् भने ग्राहकहरूले इमेल वा अन्य मिडियाको तुलनामा उनीहरूको फोनमा आउने सूचनाहरू खोल्ने र अन्तर्क्रिया गर्ने सम्भावना बढी हुन्छ ।

२) व्यक्तिगत ग्राहक संलग्नताको लागि व्यापार मेसेजहरूको प्रयोग गर्नुहोस् ।

लक्षित सूचनाहरू पठाउन र तपाईंका दर्शकहरूसँग संवाद निर्माण गर्नका लागि व्यापार मेसेजहरू उपयुक्त छन्, र विश्वभरका ब्राण्डहरूले सक्रिय रूपमा यसका क्षमताहरू प्रयोग गर्छन् । आन्तरिक भाइबर डाटाले गत वर्ष डेलिभर गरिएका व्यावसायिक मेसेजहरूको संख्या ३१५ ले बढेको देखाउँछ । व्यापार मेसेजले ई-कमर्स र खुद्रा व्यवसायहरूलाई संलग्नताका लागि अधिक अवसरहरू प्रदान गर्दछ । केही विचारहरू तल समावेश छन्स्

● व्यक्तिगत उत्पादन सिफारिसहरू प्रस्ताव गर्नुहोस्
● विशेष प्रचार र छुटहरू साझा गर्नुहोस्
● ग्राहकलाई समर्थन र सहायता प्रदान गर्नुहोस्
● अर्डर पुष्टिकरण र ढुवानी भएका सूचनाहरू पठाउनुहोस्
● प्रतिक्रिया र समीक्षाहरू सङ्कलन गर्नुहोस्

यस्तो पहुँचका दोब्बर फाइदाहरू हुन्छन्स् यसले तपाईंको ग्राहकहरूसँग विश्वास र वफादारी बनाउँछ, र यसले तपाईंको मार्केटिङ च्इक्ष् (आर.ओ.आई) बढाउँछ । ई-कमर्समा व्यापार मेसेजहरूका उदाहरण स् भाइबरको सौजन्यमा

३) निर्बाध ग्राहक अन्तरक्रियाका लागि च्याटबोटहरुबाट लाभ उठाउनुहोस् ।

च्याटबोटहरु प्रयोग गर्न सजिला छन् र विभिन्न कार्यहरू ह्यान्डल गर्न सक्छन्, जस्तैस्

● बारम्बार सोधिने प्रश्नहरूको जवाफ दिन
● उत्पादनको बारेमा जानकारी प्रदान गर्न
● खरिद प्रक्रिया मार्फत ग्राहकहरूलाई मार्गदर्शन गर्न
● अर्डर ट्र्याकिङ र फिर्ताको कार्यमा सहयोग गर्न
● व्यक्तिगत प्रचार र छुटहरूको प्रस्ताव गर्न

तपाईंको मार्केटिङ रणनीतिमा च्याटबोटलाई एकीकृत गरेर तपाईंले आफ्ना ग्राहकहरूलाई ठूलो ग्राहक सेवा टोलीमा लगानी नगरी तत्काल नै चौबिसै घण्टा समर्थन प्रदान गर्न सक्नुहुन्छ । र आफ्ना ग्राहक सेवा प्रतिनिधिहरूलाई अरु जटिल कार्यहरूमा ध्यान केन्द्रित गर्ने अवसर प्राप्त गर्नुहुन्छ । यसले तपाईंको समय र स्रोतहरूको मात्र बचत गर्दैन बरु ग्राहकको सेवालाई सुधार गर्न र बिक्री बढाउन मद्दत गर्दछ ।

ई-कमर्स ब्राण्डका च्याटबोटहरुस् भाइबरको सौजन्यमा

४)मोबाइल विज्ञापनको फाइदा लिनुहोस् ।

आजको दिनमा विभिन्न प्रकारका मोबाइल विज्ञापनका विकल्पहरू छन् जसले तपाईंलाई अत्याधिक संख्याका दर्शकहरूमा पुग्न र तपाईंको ईकमर्स स्टोरमा थप ग्राहकहरु ल्याउन मद्दत गर्न सक्छ । तपाईंको मार्केटिङ रणनीतिमा मोबाइल विज्ञापनहरू लागू गर्न यहाँ मुख्य सुझावहरू छन्स्

● गैर-आक्रामक विकल्पहरूको प्रयोग गर्नुहोस्
● यसलाई सरल राख्नुहोस्
● आकर्षक ढाँचाहरू प्रयास गर्नुहोस्

यो एक संवेदनशील सन्तुलन कार्य होस् तपाईंले प्रयोगकर्ताहरूको यात्रामा अवरोध नगरी उनीहरूको ध्यान खिच्न आवश्यक छ । उदाहरणका लागि भाइबरमा हामी विज्ञापनहरू प्रयोगकर्ताको इन्टरफेसमा स्वाभाविक रूपमा एकीकृत छन् भनी सुनिश्चित गर्न नेटिभ प्लेसमेन्टहरू जस्तै च्याट वा कल स्क्रिनहरू, ट्याबहरू, बिजनेस इनबक्स, र अन्य गैर-हस्तक्षेपी ठाउँहरू खोज्छौं । प्रयोगकर्ता संलग्नता र रूपान्तरणहरू समग्र एप अनुभवसँग मिल्ने नेटिभ मोबाइल विज्ञापनहरूसँग बढ्छ ।

५) रचनात्मक हुनुहोस्स् एआर को साथ प्रयोग गर्नुहोस् ।

संवर्धित वास्तविकताले तपाईंलाई रमाइलो र अन्तरक्रियात्मक तरिकामा आफ्ना दर्शकहरूसँग संलग्न हुने अवसर दिन्छ । खरिदको बारेमा निर्णय गर्नु अघि खरिदकर्ताहरूलाई सनग्लास वा टोपीजस्ता सामानहरू प्रयोग गर्न दिनुहोस् । तपाईंका ग्राहकहरूलाई तपाईंको नयाँ सङ्ग्रहबाट तिनीहरूको कोठामा फर्निचरको टुक्रा थप्न दिनुहोस् । प्रयोग-केसहरू अनगिन्ती छन् । भाइबरमा हाम्रा आन्तरिक नम्बरहरूले एआर प्रविधिहरू प्रयोगकर्ताहरूबीच लोकप्रिय छन् भनी पुष्टि गर्छन् । २०२१ मा लन्च भएदेखि प्रयोगकर्ताहरू भाइबर प्लेटफर्ममा लगभग १ बिलियन पटक एआर लेन्सहरूसँग संलग्न भइसकेका छन् । तपाईंको मार्केटिङ रणनीतिको प्रभावकारिता बढाउनको लागि मुख्य कार्यसम्पादन मेट्रिक्स ट्र्याक गर्न र डाटा-संचालित निर्णयहरू गर्न आवश्यक छ ।