एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माणका लागि पार्टी कमिटीहरुको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरूङले बताए । उनका अनुसार आजको बैठकले चैत ७ गते पोलिटब्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीको बैठकमा जिल्लाको शक्ति सन्तुलनको स्थिति लगायतका विषयमा रिपोर्टिङ हुने कार्यक्रम रहेको उनले बताए ।