काठमाडौं महानगरका प्रमुख बालेन साहले पाए विद्यावारिधि गर्न फेलोसिप

काठमाडौं महानगरका प्रमुख बालेन साहले पाए विद्यावारिधि गर्न फेलोसिप

काठमाडौं, २१ साउन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले विद्यावारिधि (पीएचडी) का लागि फेलोसिप पाएका छन् । मेयर साहले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको जानकारी गराएका छन् ।

मेयर साहले पर्यटन र अर्थतन्त्र प्रवद्र्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् । नगर प्रमुख साहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए।