क्यानाडाको नेपाली राजदूतमा पौड्यालको नाम सर्वसम्मत् अनुमोदन

क्यानाडाको नेपाली राजदूतमा पौड्यालको नाम सर्वसम्मत् अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानाडाका लागि नेपाली राजदूतमा सिफारिस गरिएका भरतराज पौड्यालको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको समितिको बैठकमा पौड्यालसँग सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गर्ने निर्णय भएको समिति सदस्य जानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

उनले भने, ‘भरतराज पौडेलको सम्बन्धमा संसदीय सुनुवाइ समितिको संयुक्त बैठक तथा कार्य सञ्चालन नियमावली २०८० तथा समितिको कार्यविधि २०८० बमोजिम गर्दा प्रस्तावित व्यक्तिको क्षमता योग्यता र अनुभव समेतको आधारमा बैठकले क्यानाडाका लागि आवासीय राजदुत एवम् क्यूवा, जमैका डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा स्थायी प्रतिनिधमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय भएको छ ।’त्तिक २ गते मन्त्रिपरिषद बैठकले पौड्याललाई क्यानाडाको राजदूतमा सिफारिस गरेको थियो ।