पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ६८ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने कसैको मृत्‍यु भएको छैन । हाल देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७१७ जना होम आइसोलेसनमा रहेका छन् भने ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।