छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश घोषणा

छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा लाभांश घोषणा


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ५ प्रतिशत र नगद १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।