जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै


काठमाडौं, बैशाख २७ गते । आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा सरकारमा सहभागी हुने विषय र पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।

जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। काठमाडौंमै हुने विधान अधिवेशनको तयारी नै आजको बैठकको कार्यसूची छ ।मौजुदा मन्त्रिपरिषद्मा वन तथा वातावरण मन्त्रालयमा मन्त्री तोकिएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै उक्त मन्त्रालय हेर्दै आएका छन्। सरकारमा जसपाको तर्फबाट अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन्।