प्रि–ओपन सेसनमा सेयर बजार बढ्यो

प्रि–ओपन सेसनमा सेयर बजार बढ्यो

काठमाडौं, ३१ वैशाख । प्रि–ओपन सेसनमा आज सेयर बजार बढेको छ । नेप्से परिसुचकमा २.२२ अंकले बढेर १८४०.८२ विन्दुमा आएको छ ।यससँगै ११ कम्पनीको ८५० कित्ता सेयर खरिदबिक्री हुँदा ५ लाख ४८ हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा नेप्से सूचकमा ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।