टोपेखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना यात्रु घाइते

टोपेखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना यात्रु घाइते

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।