प्रतिपक्षमा बस्नु पर्दाको पीडा एमालेले सदन अवरुद्ध गरेर पोख्यो : अर्थमन्त्री महत

प्रतिपक्षमा बस्नु पर्दाको पीडा एमालेले सदन अवरुद्ध गरेर पोख्यो : अर्थमन्त्री महत

काठमाडौं, ३२ साउन । प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरुद्ध गरेको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आरोप लगाएका छन् । आज जनकपुर पुगेका अर्थमन्त्री महतले प्रतिपक्षले बहुमत सांसदले बनाएको सरकारलाई स्वीकार गरेर अघि नसकेको उनको तर्क छ ।

‘सहज रुपमा सरकारलाई स्वीकार गर्नु पर्यो । प्रतिपक्षमा बस्ने वित्तिकै त्यसलाई सहनै नसक्ने त गर्न भएन नी । ’एमालेले विना कारण संसद अवरुद्ध गरेको भन्दै अर्थमन्त्री महतले सदन बन्द हुँदा कयौं काम रोकिएको बताए ।

‘संसद भनेको जनताले निर्वाचित जनप्रतिनिधिले समसामयीक विषयमा घनिभूत छलफल गर्ने थलो हो । ऐन कानून बनाउने थलो हो । कतिपय ऐन हामीले संघीय संरचना अनुसार परिर्माजन गर्नु पर्ने छ । संघीय व्यवस्थालाई हामीले घनिभूत गर्नु छ । स्थानीय निकायलाई बलियो बनाउनु छ । प्रदेश संरचनालाई बलियो बनाउनु छ ।

संसद नचलेर संघीय कानून नबनेर स्थानीय प्रदेश कानून बनाउन अड्चन आइहरेको छ ।’ उनले भने । आफूहरु प्रतिपक्षमा रहँदा अनावश्यक रुपमा सदन अवरुद्ध नगरेको उनको दाबी छ । ‘हरेक पटक केही न केही बहानामा त्यो संसदलाई बन्धक बनाइराख्ने । यो भयो भने त यी कुराहरु अगाडि बढ्दैनन् नी । नेपाली कांग्रस जवसम्म प्रतिपक्षमा थ्यो कहिले पनि हामीले संसदलाई अनावश्यक रुपमा बन्द गर्ने बहाना खोजेर बन्द गर्ने त हामीले गरेनौं नी ।’