रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, तीन जनाको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, तीन जनाको मृत्यु

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन युवकको मृत्यु भएको छ। मंगलबार बिहान साढे २ बजेको समयमा क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा दुर्घटना भएको हो।

भित्री सडक छेउमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवाल रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। अन्य दुई युवकको सनाखत हुन नसकेको उनले बताए। उनीहरुको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखेर पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जनाए।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।