जुवातास खेलिरहेको अवस्थामा १ लाख नगदसहित ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १ लाख नगदसहित ९ जना पक्राउ

पोखरा महानगरपालिका–२ अर्चलबोटमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

राम बहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७ सय ३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।