प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किदा तीन बालिकाको मृत्यु

प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किदा तीन बालिकाको मृत्यु

काठमाडौं । पूर्वी ग्रीसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य आठ बालबालिका सहित १४ जनालाई उद्धार गरेको थियो। दुई पुरुषको शव पनि किनारामा फेला परेका थिए।

कोस्ट गार्ड अधिकारीहरूले भने कि तीन गस्ती जहाजहरू अन्य सम्भावित बाँचेको खोजी गरिरहेका छन, जबकि डुङ्गा डूबिएको विश्वास गरिएको स्थानमा सक्दो प्रयास गरिएको छ ।

पूर्वी एजियन सागरमा रहेको ग्रीक टापुहरूबाट युरोपियन युनियन आबद्द देश प्रवेश गर्ने गरिन्छ । सीमा सुरक्षा एजेन्सी फ्रन्टेक्सद्वारा गस्ती गरिएको पानीमा टर्किएमा आधारित तस्करी नेटवर्कहरू प्रयोग गरी आप्रवासीहरूका लागि युरोपेली संघमा प्रवेश गर्ने साझा बिन्दुको रूपमा यो टापुलाइ लिइएको छ ।