बजेट पारित गर्न माओवादी केन्द्र र कांग्रेसको ह्विप, अन्य दलले बैठक पछि धारणा बनाउँदै

बजेट पारित गर्न माओवादी केन्द्र र कांग्रेसको ह्विप, अन्य दलले बैठक पछि धारणा बनाउँदै

काठमाडौं, १३ असार । बजेट प्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्न लागेको हो । जसअनुसार नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेट पारित गराउन ह्विप जारी गरे पनि सत्तारुढ चार दलले भने असन्तुष्टी जनाउँदै आएका छन । उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नदिने यस अघि सार्बजनिक रुपमा धारणा राख्दै आएका थिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधवार बिहान बस्ने बैठक पछि मात्रै धारणा बनाउने जानकारी दिए । बुधवारको बैठकवाट बजेट पारित गर्ने तयारी सरकारले गरेको छ ।