बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको हो । आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका का सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।