माओवादीले चुनाव हार्यो भने संविधान र गणतन्त्र पनि हार्छः प्रचण्ड

माओवादीले चुनाव हार्यो भने संविधान र गणतन्त्र पनि हार्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी बिग्रँदै गएको स्वीकार गरेका छन्। सिन्धुलीको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै प्रचण्डले अब चुनावमा आत्मसमीक्षा गरी माफी मागेर जनतामाझ जानुपर्ने बताए। 

जसले यो परिवर्तन ल्याएको हो त्यसले चाहिँ हार्नुपर्ने र जो विरोधी हो उसले जित्ने चुनाव लोकतान्त्रिक नहुने उनको भनाई छ।  उनले  गुण्डागर्दी, धाँधली र षड्यन्त्र गरेर चुनाव जित्नेहरूलाई परास्त गर्न डटेर लाग्न युवालाई आग्रह गरे। 

आफूहरुले चुनाव हारे संविधान, गणतन्त्र, जनयुद्ध र शान्ति प्रक्रिया हार्ने भन्दै कुनै हालतमा जित्नै पर्ने बताए। अब बाँकी दुई महिना रातदिन खट्ने हो भने कायापलट गर्न सकिने भन्दै त्यसैअनुसार लाग्न उनले पार्टी पङ्क्तिलाई निर्देशन दिए। उनले गठबन्धनको भर नपर्न पनि आग्रह गरे।