यी सबै नक्कली पार्टी हुन, तीन ठूला पार्टीमा केही भिन्नता छैन: अध्यक्ष लिङ्देन

1.

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवस्था परिवर्तन नगरी देशलाई ठीक ढंगले चलाउन नसकिने बताएका छन्। पाँचथर सदरमुकाम फिदिममा आयोजित समारोहमा बोल्दै आफुहरु व्यवस्था परिवर्तको लडाइमा रहेको उल्लेख गरे।  

उनले भने , ‘हामी व्यवस्था परिवर्तको लडाइमा छौँ। व्यवस्था परिवर्तन नगरी देशलाई ठीक ढंगले चलाउन सकिन्न भन्ने हाम्रो निष्कर्ष हो।’ राजतन्त्रात्मक मुलुकहरू नै विश्वको सबैभन्दा धनी भएको छन्।' नेपाललाई समृद्ध बनाउन राजतन्त्र आवश्यक रहेको उनको भनाई  छ।  

यस्तै सोहि समारोहमा उनले राप्रापा सत्ता परिवर्तनको झिनो खेलमा नरहेको जिकिर गरे।  नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी पार्टी नामले मात्र फरक भएको तर कार्यशैली एउटै रहेको समेत बताए।  उनले भने, यी सबै नक्कली पार्टी हुन्। तीन ठूला पार्टीमा केही भिन्नता छैन।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी पार्टी नामले मात्र फरक भएको तर कार्यशैली एउटै रहेको उनको भनाइ थियो थियो। ‘तीन ठूला पार्टीमा केही भिन्नता छैन, ’उनले भने ‘यी सबै नक्कली पार्टी हुन्।’ यस्तै उनले सरकारलाई सिधै काताक्ष गर्दै देश बिगार्ने कमर्चारी नभएर नेता नै भएको आरोप लागाए।