व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको छ : चन्द्र भण्डारी

 व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको छ : चन्द्र भण्डारी


काठमाडौ, २४ भदौ ।  व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको नेपाली कांग्रसका नेता चन्द्र भण्डारीले बताएका छन् । आज काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयक विचार गोष्ठि कार्यक्रममा उनले बीपीले भनेको अनुसार देशमा राष्ट्रियतामा खतरा देखिएको बताएका हुन् । 

‘राष्ट्रियतामा सबै भन्दा खतरा व्यक्तिगत महत्वकांक्षाले, व्यक्तिगत द्धन्द्धले, जातिय हिंसाले र बीपीले विदेशीसंग पैसा लिने आत्मसमपर्ण गर्ने गर्न थालियो भने राष्ट्रियता खतरामा हुन्छ भन्नु भएको छ । अहिले देशमा ठयाक्कै त्यही देखिएको छ । व्यक्तिगत महत्वकांक्षा उस्तै छ । सामाजिक द्धन्द्ध बढ्दै छ।’
उनले नेपालमा सिंङगो पार्टीको नेता कोही पनि नभएको बताएका छन् । उनले गुट उपगुटको नेता भएको र यसरी पार्टीहरु नै कमजोर भएपछि मुलुकको संरक्षण कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।