विश्वकै सबैभन्दा ठूलो दुर्लभ विषालु 'राज नाग' भेटियो म्याग्दी घतानमा 

विश्वकै सबैभन्दा ठूलो दुर्लभ विषालु 'राज नाग' भेटियो म्याग्दी घतानमा 

म्याग्दीको बेनी नगरपालिका-९ घतानको एक घरमा दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) फेला परेको छ। बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरमा पिँढीमा अचानक उक्त सर्प देखापरेको बेनी-९ घतानका चक्रबहादुर केसीले बताए।

सोहि घरमा यसरी सुर्लभ सर्प भेतिएपछि हेर्नेहरुको जमात लागेको थियो।  यस्तै खड्काको घरमा भेटिएको नाग दुर्लभ ‘किङ कोब्रा’ नै भएको पक्षी तथा जंगली प्राणीको खोजअनुसन्धानमा लागेका त्रिविबाट प्राणीशास्त्र विषयमा स्नातकोत्तर तह उतिर्ण गरेका केशव चोखालले जानकारी दिए। उनले भने, नेपालीमा राजनाग, कालिनाग भनिने यो सर्पको वैज्ञानिक नाम ‘ओपिओपगुस हन्नह’ हो।

 उनका अनुसार २०७६ जेठमा पनि घतानकै कोशीपानीको जंगलमा उनले सोही प्रकारको कोब्रा फेला पारेका थिए। यस्तै दुर्लभमा रहेको कोब्रा पछिल्लो समय मध्ये पहाडी क्षेत्रमा कहिकतै भेटिन थालेको बताउंदै चोखालले यसको संरक्षणका लागि सरकार र समुदाय दुवै लाग्न आवश्यक रहेको तर्क गरे । यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने कोब्रा भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्यपहाडी क्षेत्रमा बसाइँ सरेको हुन सक्ने अध्येता चोखालको भनाइ छ।

प्राणी शास्त्रका जानकार चोखालले नेपालमा पाइने ८२ प्रजातीका सर्पमध्ये किङ कोब्राको संख्या अत्यन्त न्यून रहेको बताए।  उनले भने, 'यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो। यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६  देशमा मात्रै पाइन्छ। थाइल्याण्डको जंगली क्षेत्रमा बाहेक अरू ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातिमा रहेको छ।  


यस्तैगरी सोहि सर्पले आफ्नो आहाराको रूपमा अन्य सर्पलाई नै खाने गर्दछ। कहिलेकाहीं आफ्नै प्रजातिका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको चोखालको भनाइ छ। यसलाई विश्व संरक्षण संघको रातो सूचीमा अति संवेदनशील भनेर सूचीकृत गरिएको समेत उनले जानकारी दिए। उनले भने, ' यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो। यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६  देशमा मात्रै पाइन्छ।