सिटिजन्स म्युचुअल फन्ड–२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

सिटिजन्स म्युचुअल फन्ड–२ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौ, १८ भदौ । सिटिजन्स म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यस फन्डले नगद लाभांश वितरण गर्न मंगलबार भदौ १९ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सिटिजन्स म्युचुअल फन्ड –२ का इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यसर्थ, यसले ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यस कोष व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको छ ।