हिमपहिरोमा बेपत्ता भएकाको बिहानै देखि खोजी कार्य सुरु

हिमपहिरोमा बेपत्ता भएकाको बिहानै देखि खोजी कार्य सुरु


कैलाली, २० बैशाख । हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएको बिहानै देखि खोजी सुरु गरिएको छ । दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् । यार्सा टिप्न गएका उनीहरु मध्ये दार्चुलाको भोलिङमा आएको हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरुमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरालगायत रहेका छन् ।

हिमपहिरो खसेको खबर पाएलगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशष्त्रको संयुक्त टोलीले हिजो देखी नै उद्धार सुरु गरेको थियो तर ६ जनाको अबेरसम्म अवस्था थाहा हुन सकेको थिएनन ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार खोजी कार्य रोकिएको थियो तर आज आज बिहानबाट पुन:खोजी सुरु गरिएको छ ।