इङ्गल्याण्डका जो रुट र भारतका प्रसिद्ध कृष्णबीच झगडा

इङ्गल्याण्डका जो रुट र भारतका प्रसिद्ध कृष्णबीच झगडा

लन्डनको ओभल क्रिकेट मैदानमा भारत र इङ्गल्याण्डबीच टेस्ट खेल भइरहेको छ।  खेलको दोस्रो दिन शुक्रबार भारत र इङ्ग्ल्याण्डका खेलाडीबीच मैदानमा तनाव देखियो। 

इङ्ग्ल्याण्डका पूर्व कप्तान जो रुट र भारतीय फास्ट बलर प्रसिद्ध कृष्ण मैदानमै भिडे। दुई जनाबीच धेरै वादविवाद भयो। 

घटना इङ्गल्याण्डको इनिङ्सको २२ औँ ओभरमा भएको थियो। त्यो ओभरमा प्रसिद्ध कृष्णले पहिलो बलमा ज्याक क्राउलीलाई आउट गरे। उनले ६४ रन बनाएका थिए। यसपछि जो रुट इङ्गल्याण्डका लागि ब्याटिङ गर्न आए। जो रुटले ओभरको पाँचौं बलमा रक्षात्मक सट खेले। त्यसपछि प्रसिद्ध कृष्णले उनलाई उक्साउने प्रयास गरे।