इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई आक्रमण, १९ जनाको मृत्यु
काठमाडौं । इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा तीन बालबालिका र तीन महिलासहित १० जना एकैठाउँ मारिएका छन् । यसबाहेक नाबाटिएह र टायर जिल्लामा पनि भएका आक्रमणबाट थप नौ जनाको मृत्यु भएको र २९ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो घटना अमेरिकाले लेबनान र इजरायलबीच युद्धविराम ४५ दिनका लागि थप गर्न सहमति भएको घोषणा गरेको एक साता पनि नपुग्दै यो घटना भएको हो । युद्धविराम कायम रहेको भनिए पनि इजरायल र हिजबुल्लाहबीच विशेषगरी दक्षिणी लेबनान क्षेत्रमा निरन्तर गोली हानाहान भइरहेको छ ।
इजरायलले आफूले हिजबुल्लाहलाई मात्र लक्षित गरेको बताउने गरेको छ । तर आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण पनि मारिने गरेका छन् ।
थर्ड पोल 