वीरगञ्जमा हैजाका ६४ जना बिरामी
काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् ।
उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उहाँले जानकारी दिनुभयो । छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।
थर्ड पोल 