इरानी टोलीलाई न्युयोर्क जान अमेरिकाले दियो अनुमति, राष्ट्रपति पेजेस्कियान र अराघची सहभागी हुने
अमेरिका र इरानबीचको युद्ध सातौँ महिनामा प्रवेश गरिरहेका बेला, अमेरिकी सरकारले इरानी अधिकारीहरूलाई अर्को हप्ता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन भिसा उपलब्ध गराएको छ।
बीबीसीका अनुसार, अमेरिकाले स्वीकृति दिएको इरानी प्रतिनिधिमण्डलमा राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघची पनि छन्। अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बिहीबार यस निर्णयको पुष्टि गरेका हुन्।
गत फेब्रुअरीमा सुरु भएको इरान-अमेरिका युद्ध अन्त्य हुने कुनै सङ्केत नदेखिइरहेको समयमा अमेरिकाको यो निर्णय बाहिर आएको छ। यस युद्धका कारण विश्वभर तेल र ग्यासको मूल्य अकासिएको छ भने द्वन्द्व अन्य छिमेकी देशहरूसम्म फैलिएको छ।
थर्ड पोल 