एनएमबी बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने

एनएमबी बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने


काठमाडौं । एनएमबी बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्ष ०७९–८० को मुनाफाबाट लाभांश वितरण नगरी संचित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय बैंकले गरेको हो । गत वर्ष ८ दशमलव २५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको हो ।