काठमाडौंमा हिउँदयामको बिजुली व्यवस्थापनमा जुट्यो सरकार
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ ।
बाढीले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने बिजुली रोकिएपछि वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीले बताएका छन्
भोटेकोशी बाढीले त्रिशूली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको प्रवक्ता मोहनकुमार शाक्यले बताए । उनकाअनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ



थर्ड पोल 