नेपालको परराष्ट्र नीति संस्थागत गर्न सुमना श्रेष्ठको माग

नेपालको परराष्ट्र नीति संस्थागत गर्न सुमना श्रेष्ठको माग

काठमाडौं, १४ जेठ । नेपालको परराष्ट्र नीति संस्थागत गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रस्ताव राखेकी छन् । आज संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संशोधन प्रस्ताव पेस गर्दै सांसद श्रेष्ठले औपचारिक भ्रमण जानु अगावै त्यसबारे सदन वा संयुक्त समितिमा जानकारी दिनुपर्ने व्यवस्था गर्न माग गरेकी हुन् ।

त्यस्तै श्रेष्ठले हरेक समितिका कार्यतालिका बनाएर काम गर्न तथा यदि नियुक्तिहरूमा उजुरी लिने हो भने उजुरीका लागि अध्ययन गर्नका लागि पर्याप्त समय दिनुपर्न सुझाव राखिन् । उनले भनिन्, ‘उजुरी छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै पठाउनुपर्‍यो । र, अख्तियार दुरुपयोग अनुसन्धान अयोगले स्पष्ट रूपमा भन्नुपर्‍यो, यो उजुरी अगाडि लाने कि नलाने भनेर । यसका लागि पनि समय चाहियो । सांसद श्रेष्ठले दोस्रो समितिमा बस्ने सांसदहरूले पनि विवेकको मत प्रयोग गर्ने भनेर शपथ लिनुपर्ने बताएकी छन् ।