कम्बोडियाका ‘स्क्यामिङ सेन्टर’ बाट ५१ नेपालीको उद्धार
विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर त्यहाँका अवैध अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा बन्धक बनाइएका ५१ जना नेपाली नागरिकहरूको उद्धार गरिएको छ । बैंककस्थित नेपाली राजदूतावासको विशेष पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्
गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको समेत सहजीकरणमा उद्धार गरिएका ती नेपालीहरू चैत १० गते कम्बोडियाबाट स्वदेशका लागि उडेका थिए । दूतावासका अनुसार उनीहरूलाई त्यहाँका अवैध अनलाइन ठगी केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो । धेरैजसो नेपालीहरू बिना भिसा वा भिसाको अवधि सकिएर अलपत्र अवस्थामा फेला परेका थिए ।



थर्ड पोल 