कांग्रेसबाट ललितपुरको मेयर उम्मेदवार चिरीबाबु महर्जन
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले ललितपुर महानगरको मेयरमा महर्जनलाई उठाउने निर्णय गरेको हो।
०७४ सालको निर्वाचनमा पनि निर्वाचित भएका थिए। महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए भने एमालेका हरिकृष्ण व्यञ्जनकार २४ हजार ३ सय १६ मत ल्याएर झिनो मतान्तरले पराजित भएका थिए।
