गठबन्धनबीच उपमहानगरको भागबन्डा पनि टुंगियो, सहमतिपत्रमा हस्ताक्षर हुँदै
सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ । बुधबार बसेको सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठकले नेपालगञ्जको मेयरको उम्मेदवार नेपाली कांग्रेसले पाउने गरी सहमति जुटाएको हो ।
योसँगै स्थानीय चुनावका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागवण्डा टुंग्याएको छ । सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
दलहरुको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ । नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृत्व पाउनेछ । यीबाहेक धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।
दलहरूको अलग अलग बैठक सम्पन्न भएको छ । अब संयुक्त बैठक बसेर हस्ताक्षर हुने बताइएको छ
