घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी र छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ । यस्तैगरी, चाँदीको मूल्य आज स्थिर छ । सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोहि मूल्य कायम छ ।