देश भ्रष्टाचारको म्युजियम बन्दैछ, बेस्ट–सेलर’ सूचीमा नयाँ अध्यायको रुपमा ‘भिजिट भिसा काण्ड’ आयो : सांसद शाह
काठमाडौं । नेपाल भ्रष्टचारको म्युजियम बन्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले टिप्पणी गरेका छन् । आज संसदमा बोल्दै उनले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै रास्वपाले निरन्तर संसद विरोध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले रास्वपा सांसद शाहलाई बोल्न समय दिएका थिए ।
‘कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ । कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा पचाउँछ,’ भिजिट भिसा प्रकरणमा बोल्ने क्रममा शाहले भने,‘कहिले क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याउँछ । कहिले वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाउँछ । कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा नयाँ कीर्तिमान कायम गर्छ।’
‘बेस्ट–सेलर’ सूचीमा नयाँ अध्यायको रुपमा ‘भिजिट भिसा काण्ड’ आएको उनले बताए । एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको शाहले बताए ।



थर्ड पोल 