पहिलो जितको खोजीमा रहेको नेपाल आज बंगलादेश ʻएʼसँग भिड्दै

पहिलो जितको खोजीमा रहेको नेपाल आज बंगलादेश ʻएʼसँग भिड्दै

 टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपाल आज बंगलादेश ʻएʼसँग भिड्ने भएको छ। खेल नेपाली समय अनुसार ३ः१५ मा अष्ट्रेलियाको डार्विनको मरारा क्रिकेट मैदानमा हुनेछ। 

नेपाल आज आफ्नो पहिलो जितको खोजीमा रहेको छ। यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल अष्ट्रेलियाको नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग  ४२ रनले पराजित भएको थियो।