धरानमा खानेपानीको समस्या रास्वपाले समाधान गर्छ - बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले धरानमा खानेपानीको समस्या रास्वपाले गर्ने बताएका छन्।
मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता शाहले धरानमा कोशीबाट पानी ल्याउन पहिल्यै डिपिआर भए पनि अघि बढ्न नसकेको बताउँदै रास्वपाले त्यो समस्या समाधान गर्ने बताएका हुन्।
उनले रास्वपा धरानको खानेपानी समस्या समाधान गर्ने पार्टी बन्न चाहेको बताए।
'खानेपानीको व्यवस्थापन कोशीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा ल्याउन लगभग ५/६ अर्ब लाग्छ। तर शायद यहाँको जनप्रतिनिधि सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला, अब रास्वपा पुग्छ,' उनले भने।
'बराहक्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरू पनि पुगेका थियौं। उदयपुरका कोस्टल एरिया हेर्दा इन्डोनेसियाको बाली, माल्दिभ्स जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,' उनले भने।
वरिष्ठ नेता शाहले विश्वको पहिलो तीर्थस्थल बराह क्षेत्र हो भन्ने कुरा पनि नेपालीलाई थाहा नभएको बताउँदै त्यो थाहा दिने पार्टी रास्वपा बन्न चाहेको बताए।
'
थर्ड पोल 