नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रीमा, कसले खरिद आवेदन दिन पाउने ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न शेयरधनीको नाममा रहेको ११ लाख ३५ हजार कित्ता बिक्रीमा राखेको हो । यस शेयरमा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले आजका मितिले सात दिनभित्र आवश्यक कागजातसहित बैंकको रजिस्टर्ड कार्यालय काठमाडौं–१० बानेश्वस्थित कानुन विभागमा लिखित आवेदन दिनुपर्नेछ ।
यसअघि कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो ।यद्यपि, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेकाले सो शेयर सर्वसाधारणलाई बिक्रीमा लागि खुलाइएको कम्पनीले जनाएको छ ।
थर्ड पोल 