न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डस्–२०२४ सम्पन्न, बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि शाइन रेसुङ्गालाई
काठमाडौं । शुक्रवार न्यू बिजनेस एजले काठमाडौँमा न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डस्–२०२४ सम्पन्न गरेको छ । जसमा विकास बैङ्कहरूमध्ये शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क २०२४ अवार्ड हात पार्न सफल भएको छ ।
सो अवार्ड बैङ्ककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले ग्रहण गरेकी थिइन् । बैङ्क सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अवार्डबाट सम्मानित भएको थियो भने गत वर्ष अन्तर्राष्ट्रिय स्तरको एसिया इमर्जिङ बैङ्किङ अवार्ड समेत प्राप्त गरेको थियो ।
थर्ड पोल 