प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

 काठमाडौं ।  प्रभु बैंकले २१ लाख माथिको कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयर २१ लाख ५ हजार ६७५ कित्ता बिक्रीमा राखिएको छ। यो शेयर बैंकका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न निवेदन दिन पाँउने छ। बैंकले ३५ दिने सूचना निकालेर शेयर बिक्री खुला गरेको छ ।

यो शेयरमा १५ दिनभित्र खरिद निवेदन पेस गर्नुपर्नेछ। इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।