पश्चिम नवलपरासीमा आगलागीः १२ घर जले, करिब साढे ४ करोड क्षति

पश्चिम नवलपरासीमा आगलागीः १२ घर जले, करिब साढे ४ करोड क्षति


काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यायल नवलपरासीका अनुसार आगलागी मंगलबार दिउँसो भएको आगलागीबाट सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित ४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।