फ्रान्समा हिंसात्मक प्रदर्शनपछि २ हजारभन्दा बढी पक्राउ, म्याक्रोंले बोलाए आपतकालीन बैठक
फ्रान्समा महँगी र सार्वजनिक सेवाको कमजोर अवस्थाविरूद्ध भएको देशव्यापी प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ पर्नेको संख्या २ हजार नाघेको छ।
शनिबार राजधानी पेरिससहित विभिन्न सहरमा भएका प्रदर्शन क्रममा आगजनी, तोडफोड, लुटपाट र सुरक्षाकर्मीसँग झडप भएका थिए। ती घटनामा ६ सयभन्दा बढी प्रहरी, सुरक्षाकर्मी र अग्निनियन्त्रक घाइते भएका छन् भने एक प्रदर्शनकारीको मृत्यु भएको छ।
स्थिति गम्भीर बनेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आइतबार उच्च सरकारी अधिकारीहरूको आपतकालीन बैठक बोलाएका छन्।
उनले स्थानीय समय अनुसार आइतबार राति ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
फ्रान्सेली सञ्चारमाध्यम 'ले मोन्ड' का अनुसार म्याक्रोंले साँझ साढे ५ बजे राष्ट्रपति कार्यालय एलिजे प्यालेसमा प्रधानमन्त्री सेबास्टियन लेकोर्नु र सम्बन्धित मन्त्रीहरूलाई बोलाएका हुन्।



थर्ड पोल 