बागमती मुख्यमन्त्रीले आज विश्वास मत लिँदै, तटस्थ रहन राप्रपाको ह्विप

बागमती मुख्यमन्त्रीले आज विश्वास मत लिँदै, तटस्थ रहन राप्रपाको ह्विप

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभामा विश्वास मत लिने भएका छन्।

दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वास मतको प्रस्ताव राख्नेछन्।

एमाले सांसद रहेका उनी एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनलाई समर्थनसहितको पत्र दिएका राप्रपा संसदीय दल नेता उद्धव थापालाई राप्रपाले पार्टीबाट निकालिसकेको छ।

पार्टी केन्द्रको निर्देशनविपरीत मुख्यमन्त्रीलाई समर्थन दिएको उनीमाथि आरोप छ।

यस्तै बागमती सरकारमा राप्रपाका ३ जना सांसद मन्त्री छन्। यहाँ राप्रपाका १२ सांसद छन्।

राप्रपाले सरकारमा सहभागी मन्त्रीहरूलाई पनि स्पष्टीकरण सोधेको छ। सुरूमा १२ घन्टा र पछि पुन: १२ घन्टा थपेर मन्त्रीहरूलाई स्पष्टीकरण सोधिएको थियो।

आज मुख्यमन्त्रीले विश्वास मत लिने भए पनि राप्रपाले ह्विप जारी गरेर तटस्थ बस्न वा अनुपस्थित रहन भनेको छ।

‘राप्रपाले भदौ ८ गतेका लागि निर्धारित बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा अनुपस्थित रहन आफ्ना प्रदेशसभाका सांसदहरुलाई ह्विप जारी गरेको छ,’ प्रवक्ता मोहन श्रेष्ठले भने, ‘बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी