बाढीबाट विस्थापित बस्ती ‘विषाक्त मदिरा’को जोखिममा

बाढीबाट विस्थापित बस्ती ‘विषाक्त मदिरा’को जोखिममा

 भोटेकोशी बाढीबाट विस्थापित भएर नुवाकोटमा अस्थायी बसोबास गरिरहेका रसुवाको उत्तरगया गाउँपालिका–१ का बासिन्दालाई अहिले ‘विषाक्त’ घरेलु मदिराको जोखिम थपिएको छ ।

विस्थापित बस्ती र आसपासका क्षेत्रमा अखाद्य वस्तु प्रयोग गरेर बनाइएको अवैध मदिराको बिक्रीवितरण बढेपछि प्रहरीले नियन्त्रण अभियान चलाएको छ ।

विदुर नगरपालिका–५ स्थित बाडाचौतारो, रत्तकाली आधारभूत विद्यालय पिपलटार, माझीटार डाँडागाउँ र पोष्टबहादुर बोगटी पार्क गरी चार स्थानमा करिब दुई हजार विस्थापित डेढ महिनादेखि अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । यही बस्ती र आसपासका क्षेत्रमा विषाक्त घरेलु मदिरा छ्याप्छ्याप्ती पाइएपछि प्रहरीले केही दिनयता कडाइ गरेको हो ।