बढ्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारेबार ? 

बढ्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारेबार ? 


काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।  आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार र तेजाबी सुन १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।