बाढी पीडितका लागि नेपाल दाना उद्योग संघद्वारा पौने चार करोड रुपैयाँ सहयोग
नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका लागि करिब चार करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गरेको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा संघ मातहतका सदस्य उद्योगहरूले राहत रकम उपलब्ध गराएको जनाएको छ।
संघका अनुसार २६ वटा सदस्य उद्योगबाट जम्मा ३ करोड १७ लाख रुपैयाँ राहत रकम सङ्कलन भएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको तथा थप रकम जम्मा हुने कार्यसमेत जारी रहेको संघले जनाएको छ।
पत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीपहिरोका कारण भएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको पुनर्स्थापना तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले उद्योगहरूले स्वेच्छिक रूपमा रकम उपलब्ध गराएको उल्लेख छ।
थर्ड पोल 