भदौ १ गतेदेखि सार्वजनिक सवारी साधनका चालकले अनिवार्य परिचयपत्र बोक्नपुर्ने : मन्त्री ज्वाला

भदौ १ गतेदेखि सार्वजनिक सवारी साधनका चालकले अनिवार्य परिचयपत्र बोक्नपुर्ने : मन्त्री ज्वाला

काठमाडौ, ७ साउन । सार्वजनिक सवारी साधनको गुणस्तर सुधार गर्न महत्वपूर्ण कामको थालनी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् । आज यातायात क्षेत्रको गुणस्तर सुधारका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा पोसाक तथा परिचयपत्र वितरण गर्दै मन्त्री ज्वालाले स्मार्ट लाइसेन्सको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने दृढता व्यक्त गरे । उनले सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्यालाई न्यूनीकरण गर्न निरन्तर बिभिन्न कार्य गर्दै जाने पनि बताएका छन् ।

मन्त्री ज्वालाले भने, ‘स्मार्ट लाइसेन्सका बारेमा धेरै गुनासाहरु छन् ।यो समस्याको छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड वितरण गर्ने गरि तयारी गरेका छौ । यो बारे प्रदेशका मुख्यमन्त्री,संघका मन्त्री सचिव लगायतको टीमले दुई दिने बैठक बसेर धुलिखेल यातायात घोषणा पत्र जारी गरेका छौं । मुख्य रुपमा हामी लाइसेन्समै केन्द्रित छौ र यातायात भरपर्दो,व्यवस्थित,यात्रु मैत्री र सुशासन कायम गर्न ११ बुँदे घोषणा पत्र जारी भएको छ । त्यो लागू गर्छौं नै ।’

मन्त्री ज्वालाले उक्त अभियानलाई सफल पानुपर्नेमा जोड दिदै नियमित रुपमा सार्वजनिक सवारीका चालक र सहचालकले सवारी सरसफाइ गर्र्ने,ड्रेस लगाउने, नियमित रुपमा परिचय पत्र बोक्ने तथा यात्रुलाई अनुशासित व्यवहार गर्न आग्रह गरे । व्यवहार नसुधारे कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् । ‘चालक,सहचालक,कर्मचारी,व्यवसायीले यो अभियानलाई केही दिनका लागि होइन्,निरन्तरता दिनुपर्छ । सबैभन्दा बढी यातायात व्यवसायी महासंघका साथीहरु नै लाग्नुपर्छ । चालक,सहचालकले आफ्नो काममा निस्कने वित्तिकै परिचयपत्र नियमित रुपमा लगाउनुप¥यो । यो अनुशासनमा बाँध्ने तरिका हो । सरसफाइलाई गम्भीर ध्यान दिनुहोला ।

त्यस्तै उनले भने, अनुशासित बोली व्यवहार गर्नुहोला,मेरो अनुरानेध छ । पछि उद्देश्य अनुसार सार्वजनिक सवारीको सफाई भयो भएन्,परिचयपत्र लगाएको छ कि छैन्,डे«स लगाएको छ कि छैन् मन्त्रालय र विभागबाट हामी कहिलेकाँही अनुगमन गर्छौ । त्यतिबेला डे«स,कार्ड नलगाएको पाइए कारवाही हुन्छ,’ ज्वालाले भने । उनले सार्वजनिक सवारीसाधनको गुणस्तर सुधारका लागि सवारीसाधनको सरसफाई संगै चालक र सहचालक अनुशासित बन्नुपर्ने तथा यात्रु मैत्री व्यवहार हुनुपर्ने बताएका छन् ।