भीमफेदी कारागारबाट फरार २६ विदेशी कैदीबन्दी अझै आएनन् सम्पर्कमा
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन्।
गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए।
यस्तै भीमफेदी कारागारबाट फरार विदेशीसहित चार सय ४० कैदीबन्दीमध्ये हालसम्म २८६ जना कैदीबन्दी कारागार फर्केका छन्,भने १५४ जना कैदीबन्दी अझै फर्किन बाँकी रहेका छन्।
कारागार प्रमुख पौडेलका अनुसार अन्य कारागारबाट फरार भएका ७१ जनासमेत भिमफेदी कारागार फर्किएका छन्।
अन्य कारागारका ७१ कैदीबन्दीमध्ये ३५ जनालाई स्थानान्तरण पठाइएको, एक जना थुनामुक्त भएको र ३५ जना कारागारमा रहेको प्रमुख पौडेलले बताए।
कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई ६० र (क) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए।



थर्ड पोल 