मोरङमा एसईई दिइरहेका १ सय १६ नक्कली परीक्षार्थीहरु पक्राउ

1.

मोरङमा एसईई दिइरहेका १ सय १६ नक्कली परीक्षार्थीहरु पक्राउ परेका छन्। उनीहरुलाई आज बिहान अरुको नामबाट परिक्षा दिइरहेको अवस्थामा अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।

पक्राउ पर्ने सबै भन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए।

पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको र नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने समेत उपरीक्षक पोखरेलले बताए।

उनीहरुलाई आज बिहान अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको थियो।