‘रोनाल्डो’ को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष
‘रोनाल्डो’को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको पोष्टमा लगेको विद्युतीय तार चपाउँदा ४५ वर्षका चर्चित भाले हात्ती रोनाल्डोको मृत्यु भएको थियो ।
रोनाल्डोको मृत्युपछि उसको ठाँउ कसले लिने भनेर प्रजनन केन्द्रमा शक्ति संर्घष चर्किएको छ । रोनाल्डोको मृत्यु भए लगत्तै गोविन्देले झन्डै दुई महिना केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो । तर, अहिले गोविन्देको ठाँउमा अर्को भाले हात्ती सुवेदीगजले लिन थालेको हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले बताए ।



थर्ड पोल 