राष्ट्रपति पौडेलकी छोरी संज्ञा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

राष्ट्रपति पौडेलकी छोरी संज्ञा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीसमेत रहेकी कांग्रेस नेता संज्ञा पोखरेल पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।

उनी कास्की क्षेत्र नम्बर १ को अधिवेशनमा महाधिवेशन प्रतिनिधि उठेकी थिइन्।

खुला महिला ४ जनाका लागि भएको निर्वाचनमा ११ जना उम्मेदवार थिए।

संज्ञाले २८९ मत प्राप्त गरेकी थिइन्।

यहाँ खुला महिलातर्फ रेनुका गुरूङ, निसा मल्ल ठकुरी, डाल्डादेवी भुजेल र कोपिला रानाभाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन

संज्ञालाई शेरबहादुर देउवा सभापति रहँदा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सूचीमा समावेश गरिएको थियो।

त्यसबेला राष्ट्रपतिकी छोरीलाई समानुपातिक उम्मेदवार बनाएको भन्दै आलोचना भएपछि संज्ञाले उम्मेदवारी नै फिर्ता लिने घोषणा गरेकी थिइन्।